Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मापसे गरेर सार्वजनिक गाडी चलाएको आरोपमा ९ चालक पक्राउ

मापसे गरेर सार्वजनिक गाडी चलाएको आरोपमा ९ चालक पक्राउ


  • 995
    Shares

    मापसे गरेर सार्वजनिक गाडी चलाएको आरोपमा ९ चालक पक्राउ
    images

    काठमाडौँ । मादक पदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाउने नौ जना चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, कार्यालयको टोलीले शनिबार काठमाडौँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्। मापसे गरेर सार्वजनिक यातायातका सवारी साधन चलाउने चालक पक्राउ परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बताए। 

    ‘हामीले उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ,’ सुवेदीले भने, ‘सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ।’

    सार्वजनिक यातायातका सवारी साधन चालकले मापसे गर्ने गरेको उजुरीका आधारमा ट्राफिक प्रहरीको टोली आकस्मिक परीक्षण गरेको हो। नियमित रुपमा आकस्मिक परीक्षण गरिने ट्राफिक प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - १८:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij