Logo

२०८२ चैत्र २१ गते शनिवार

२०८२ चैत्र २१ गते शनिवार

शंकर समूहका उपाध्यक्ष सुलभ पक्राउ

शंकर समूहका उपाध्यक्ष सुलभ पक्राउ


  • 841
    Shares

    • images
    • images
    शंकर समूहका उपाध्यक्ष सुलभ पक्राउ

    काठमाडौं । दीपक भट्टका व्यावसायिक साझेदार एवं शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल पनि पक्राउ परेका छन्। सुलभ शुक्रबार पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवालका छोरा हुन्।

    सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट पक्राउ परेसँगै उनका व्यावसायिक साझेदारमाथि पनि प्रहरीले धरपकड थालेको हो। बाबु शंकरलाई नियन्त्रमा लिएपछि छोरालाई खोज्ने क्रममा शुलभ भारत पुगेको बताइएको छ। प्रहरीले शुलभलाई ह्वाटएसपमा फोन गरेर नेपाल आउन आग्रह गरेपछि भैरहवा आएलगत्तै नियन्त्रणमा लिइएको हो।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभलाई पक्राउ गरेको हो। भट्टसँगको कनेक्सनका आधारमा उनी पक्राउ परेका बुझिएको छ। बिचौलिया भट्टसँग मिलेर सुलभले गैरकानुनी रूपमा आर्थिक क्रियाकलाप सञ्चालन गर्दै आएको प्रहरीको आशंका छ।

    प्रकाशित मिति :चैत्र २१ २०८२ शनिवार - १७:१०:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij