२०८२ चैत्र २० गते शुक्रवार
काठमाडौं । काठमाडौंको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका सिइओलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत रविन विष्टलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
प्रहरी प्रधान कार्यालयको पत्रको आधारमा बिहीबार विष्टलाई नियन्त्रणमा लिइएको एसएसपी खड्काले जानकारी दिएका छन् । बचतकर्ताको ५ अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेर गौतमश्रीका सञ्चालकहरू गायब भएको आरोप छ।
सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक घर भएका रामबहादुर गौतम हुन् । उनी फरार छन् । सिइओ विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij