Logo

२०८२ चैत्र २४ गते मंगलवार

२०८२ चैत्र २४ गते मंगलवार

सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छुः डोलप्रसाद अर्याल

सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छुः डोलप्रसाद अर्याल


  • 449
    Shares

    सभामुखमा निर्वाचित भए संविधान र कानूनको पालना गर्दै न्यायसम्मत काम गर्छुः डोलप्रसाद अर्याल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    शुक्रवार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्यालले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताएका हुन्। अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताएका छन्। 

    सभामुखको निर्वाचन प्रक्रिया अघि बढिरहेको सन्दर्भमा रास्वपाले आफ्नो तर्फबाट उपसभापति अर्याललाई अघि सारेको हो । अर्यालले आफ्नो कार्यकालमा व्यवस्थापकीय कार्यहरुलाई पारदर्शी र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहो¥याएका छन् ।  

    images
    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १३:२४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij