Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

एमालेले सभामुख पदमा उम्मेदवारी दिने

एमालेले सभामुख पदमा उम्मेदवारी दिने


  • 701
    Shares

    • images
    • images
    एमालेले सभामुख पदमा उम्मेदवारी दिने

    काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने नदिनेबारे छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ । सभामुखको निर्वाचनका लागि आज दिउँसो २ सम्म मनोनयन दर्ताको समय तोकिएको छ । 

    एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताए । 

    त्यस्तो अवस्थामा एमालेले उपाध्यक्ष गुरु बराललाई सभामुखको उम्मेदवारका रूपमा अघि सार्ने भएको छ । अहिलेसम्म कांग्रेस लगायतले सभामुखबारे कसैसँग छलफल नभएको जनाएको छ । प्रवक्ता देवराज चालिसेले सभामुखमा उम्मेदवारी दिने नदिनेबारे कुनै छलफल नभएको प्रतिक्रिया दिएका छन् ।  

     

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - १२:२८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij