२०८२ चैत्र २० गते शुक्रवार
काठमाडौं । हेटौँडाका परीक्षा केन्द्रमा अरूको सट्टामा परीक्षा दिइरहेका नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रमा अंकित श्रेष्ठ बनेर परीक्षा दिने विराज विकलाई प्रहरीले पक्राउ गरेको हो ।
अंकित फेमकोल एकेडेमीका परीक्षार्थी हुन् । पक्राउ परेका विकले ५ हजारको प्रलोभनमा श्रेष्ठको परीक्षा दिएको मकवानपुरका सीडीओ वसन्त अधिकारीले बताएका छन् ।
प्रहरीले नक्कली परीक्षार्थीबारे मुचुल्का तयार आवश्यक कारबाही सुरु गरेको छ । अंकित अघिल्लो वर्ष पनि फेल परीक्षार्थी भएकाले यसवर्ष पास हुन अरुलाई प्रयोग गरेको पाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij