Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

मौसम पूर्वानुमान: आज यी स्थानमा हुरी आउने सम्भावना

मौसम पूर्वानुमान: आज यी स्थानमा हुरी आउने सम्भावना


  • 680
    Shares

    • images
    • images
    मौसम पूर्वानुमान: आज यी स्थानमा हुरी आउने सम्भावना

    हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    यतिबेला (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

    मौसम महाशाखाले आज बिहान ८ बजे गरेको प्रक्षेपणअनुसार आज दिउँसो र राति यस्तो हुने मौसम:

    दिउँसो : हिमाली र पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीको समेत सम्भावना छ।

    राति : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ०९:०५:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij