Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल प्रहरीको विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुल्यो (सूचनासहित)

नेपाल प्रहरीको विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुल्यो (सूचनासहित)


  • 750
    Shares

    नेपाल प्रहरीको विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुल्यो (सूचनासहित)
    images

    काठमाडौं । नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खोलेको छ । प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरुमा भर्ना खुलेको हो ।

    इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक, अटोमोबाइल क्षेत्रमा  भर्ना खुलेको छ । यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमए लगायतका पदमा भर्ना खुलेको छ ।

    प्रहरी जवानमा २८० जनाका लागि र अन्य पदहरुमा १२९ जनाका लागि भर्ना खुलेको छ । दरखास्त बुझाउने म्याद प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म छ ।

    प्राविधिक प्रहरी जवान पदको हकमा भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म छ ।

    हेर्नुहोस् विज्ञापन–

     

    प्रकाशित मिति :चैत्र २० २०८२ शुक्रवार - ०९:०३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij