Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ६३ अर्ब पुग्यो, १८ महिनाभन्दा बढीको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ६३ अर्ब पुग्यो, १८ महिनाभन्दा बढीको आयात धान्ने


  • 1.1K
    Shares

    विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ६३ अर्ब पुग्यो, १८ महिनाभन्दा बढीको आयात धान्ने
    images

    काठमाडौं । नेपालको विदेशी विनिमय सञ्चितिले नयाँ उचाइ चुमेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को फागुन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ।

    २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६४ करोड रहेको यस्तो सञ्चिति आठ महिनाको अवधिमै २७.५ प्रतिशतले वृद्धि भएको छ। अमेरिकी डलरमा पनि सञ्चितिमा ठुलो उछाल आएको छ। असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति १८.३ प्रतिशतले बढेर फागुन मसान्तसम्ममा २३ अर्ब ८ करोड डलर पुगेको छ।

    कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ, जुन असारको तुलनामा २५.७ प्रतिशतले बढी हो । बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ७८ अर्ब ६६ करोड विदेशी मुद्रा सञ्चिति रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ।

    सञ्चिति पर्याप्तता सूचकका आधारमा नेपालको अर्थतन्त्र हालसम्मकै सर्वाधिक सुरक्षित अवस्थामा पुगेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्किङ क्षेत्रसँग रहेको यो विदेशी मुद्राले २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। नेपालसँग साढे १८ महिनाको आयात धान्ने क्षमता हुनुले अर्थतन्त्र निकै बलियो स्थितिमा रहेको प्रस्ट पार्छ।

    फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँगको अनुपात १५३.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपात ४०.८ प्रतिशत रहेको छ।

     

     

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १८:५०:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij