Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’: महन्थ ठाकुर

‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’: महन्थ ठाकुर


  • 169
    Shares

    • images
    ‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’: महन्थ ठाकुर

    काठमाडौं । राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले व्यवस्था बदले पनि जनताको अवस्था बदल्न नसकेको टिप्पणी गरेका छन्। 

    राष्ट्रिय सभाको बैठकमा बोल्दै ठाकुरले राष्ट्रिय गानको भावना र देशको यथार्थबीच ठूलो खाडल रहेको औंल्याएका हुन्। उनले नेपालको सार्वभौमसत्ता बाहिर गएको त छैन ? भन्दै प्रश्न गरेका छन् । 

    नेपालको राजनीतिक इतिहासको चर्चा गर्दै ठाकुरले वि.सं. १९९७ देखि २००७, २०१७, २०३६, २०४६ हुँदै २०६२\६३ सम्मका आन्दोलनहरू कसैको वरदान नभई हजारौँको बलिदानको उपज भएको बताएका छन् । समानता, स्वतन्त्रता र राष्ट्रियताका लागि संघर्ष गरेको भएपनि व्यवहारमा त्यो नदेखिएको ठाकुरको तर्क छ । अधिकार माग्नेहरूलाई ‘अलगाववादी’ भनिएकोमा आपत्ति जनाउँदै उहाँले सत्तामा बस्नेहरूले आफ्नो कुर्सी खतरामा पर्दा मात्र राष्ट्रियताको नारा लगाउने गरेको आरोप लगाएका छन्। 

    उनले भने, ’प्रत्येक १० वर्षमा यहाँ परिवर्तन हुँदो रहेछ । सडकको अनुहार राम्रै देखिन्छ, मठ-मन्दिरको रेखदेख भएको छ, तर जनताको के ? किन प्रत्येक पटक यो अवस्था दोहोरिन्छ ? किनकि यहाँ बेरोजगारी छ । युवाहरू विदेश जान बाध्य छन् र त्यहाँबाट किड्नी फेल गराएर फर्किन्छन् ।’

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १६:३९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij