Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोकिए, विदेशी नागरिकको मृत्यु, एक घाइते

सोलुखुम्बुमा दुई हेलिकप्टर ठोकिए, विदेशी नागरिकको मृत्यु, एक घाइते


  • 435
    Shares

    सोलुखुम्बुमा दुई हेलिकप्टर ठोकिए, विदेशी नागरिकको मृत्यु, एक घाइते
    images

    सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा डायनेस्टी र फिस्टेल एयरका दुई हेलिकप्टर आज बिहान आपसमा ठोकिएर दुर्घटना भएको छ। 

    सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीनराज बुढाथोकीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ फेरिचेस्थित हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टरका पंखा ठोकिएर दुर्घटना भएको हो।

    ​दुर्घटनामा परेर एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

    घाइतेहरूको उद्धार जारी रहेको प्रहरीले जनाएको छ। घटनाको पूर्ण विवरण आउन भने बाँकी छ।

    हेलिकप्टर चालक दुवै जना सकुशल रहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - ०९:२५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij