Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

एमालेले राष्ट्रिय सभाबाट पनि माग्यो ओली-लेखकको रिहाइ

एमालेले राष्ट्रिय सभाबाट पनि माग्यो ओली-लेखकको रिहाइ


  • 218
    Shares

    • images
    एमालेले राष्ट्रिय सभाबाट पनि माग्यो ओली-लेखकको रिहाइ

    काठमाडौं । नेकपा एमालेका सांसद प्रेमकुमार दंगालले नवगठित सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण रहेको आरोप लगाएका छन् । 

    उनले फागुन २१ गते सम्पन्न निर्वाचनबाट बहुमत प्राप्त गरी प्रधानमन्त्री बनेका बालेन्द्र साहलाई बधाई दिँदै सरकारको काम गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पारेका छन् । सांसद दंगालले केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो गरी’ गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका छन्। 

    भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिका सन्दर्भमा गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदनलाई दंगालले ‘मिथ्याङ्क र पूर्वाग्रहमा आधारित’ भन्दै खारेजीको माग गरेका छन्। 

    उनले आयोगका अध्यक्ष कार्कीले आयोग गठन हुनुपूर्व नै सामाजिक सञ्जालमा व्यक्त गरेका धारणालाई पुष्टि गर्नेगरी मात्र प्रतिवेदन तयार पारिएको दाबी गरेका छन् । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता रमेश लेखकको बिना शर्त तत्काल रिहाइ गर्न, पूर्वाग्रही गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अविलम्ब खारेज गर्न, मन्त्रिपरिषदको चैत १३ गतेको निर्णय फिर्ता लिन, सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न र गलत प्रतिवेदन ल्याउने आयोगका अध्यक्ष र सदस्यहरूमाथि छानबिन र कारबाही गर्न माग गरेका छन् ।  

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १६:११:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij