२०८२ चैत्र १९ गते बिहिवार
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका पूर्वसदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव युवराज लामाले नेपाली कम्युनिस्ट पार्टीबाट औपचारिक रूपमा राजीनामा दिएका छन् ।
१८ वर्षदेखि माओवादी आन्दोलनमा सक्रिय रहेका लामाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै आफू अब कुनै पनि दलमा आबद्ध नरहने र स्वतन्त्र नागरिकको रूपमा रहने घोषणा गरेका हुन् ।
पार्टीमा लामो समय भूमिकाविहीन बनाइएको र गुटगत राजनीतिका कारण अवसरबाट वञ्चित हुनुपरेको तितो अनुभवसहित उनले पार्टी परित्याग गरेका हुन् ।
लामाले आफ्नो राजीनामा पत्रमा प्रचण्डको नेतृत्वमा भएको जनयुद्ध र माओवादी आन्दोलनले उत्पीडित वर्गको अधिकार, गणतन्त्र स्थापना र धर्मनिरपेक्षताका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै त्यसको प्रशंसा गरेका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij