Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधिसभा बैठकमा ६ दलका यी शीर्ष नेताले सम्बोधन गर्दै

प्रतिनिधिसभा बैठकमा ६ दलका यी शीर्ष नेताले सम्बोधन गर्दै


  • 1.1K
    Shares

    प्रतिनिधिसभा बैठकमा ६ दलका यी शीर्ष नेताले सम्बोधन गर्दै
    images

    काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दैछ । 

    दिउँसो २ बजे सिंहदरबारको पुतली बगैँचामा रहेको निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने बैठकमा राष्ट्रिय पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने भएको को हो । 

    सङ्घीय संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र नेपाली कांग्रेसबाट भीष्मराज आङ्देम्बेले सम्बोधन गर्नेछन् ।

    कांग्रेसका सभापति गगन थापासहितका शीर्ष नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका र दलको नेता नचुनिएकाले आङदेम्बेले सम्बोधन गर्ने तय भएको कांग्रेस नेताहरू बताएका छन् । 

    दिउँसो २ बजेका लागि आह्वान गरिएको बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बोधन गर्ने तय भएको सचिवालयले जानकारी दिएको।  

    श्रम संस्कृति पार्टीका तर्फबाट अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ ।  

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १२:२६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij