Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

रूसले दियो बालेनलाई बधाई, दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास

रूसले दियो बालेनलाई बधाई, दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास


  • 323
    Shares

    • images
    रूसले दियो बालेनलाई बधाई, दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास

    काठमाडौँ ।  नेपालको प्रधानमन्त्री बनेकोमा वालेन्द्र साह (बालेन)लाई रूसले बधाई दिएको छ । रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बालेनलाई  बधाई दिएका हुन् । 

    प्रधानमन्त्री साहलाई बुधबार एक विशेष सन्देश पठाउँदै रूसी प्रधानमन्त्रीले रूसको सङ्घीय सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। 

    सन्देशमा उनले प्रधानमन्त्री साहको नेतृत्वमा नेपाल र रूसबीचको ऐतिहासिक सम्बन्ध मित्रता, आपसी सम्मान र पारस्परिक हित संरक्षणको भावनाअनुरूप अझ सुदृढ र प्रगाढ हुने बलियो विश्वास व्यक्त गरेका छन्।

    रूसी प्रधानमन्त्री मिशुस्टिनले दुई देशबीच सरकारी तहमा हुने रचनात्मक सहकार्यले आगामी दिनमा व्यापार, आर्थिक लगानी, सांस्कृतिक आदानप्रदान तथा मानवीय सहयोगका क्षेत्रहरू विस्तार गर्न महत्त्वपूर्ण टेवा पुग्ने उल्लेख गरेको यहाँस्थित रूसी राजदूतावासले जनाएको छ। 

    उनले यस्तो आपसी सहकार्य दुवै देशको दीर्घकालीन हितअनुकूल हुने कुरामा जोड दिँदै प्रधानमन्त्री साहको सुस्वास्थ्य, सुख, समृद्धि तथा कार्यकालको पूर्ण सफलताको कामना समेत गरेका छन्।

    बालेनले सत्ता सम्हालेपछि विश्वका विभिन्न राष्ट्र प्रमुखहरूबाट बधाई आउने क्रम जारी रहेको छ।

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - ०७:४९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij