Logo

२०८२ चैत्र २० गते शुक्रवार

२०८२ चैत्र २० गते शुक्रवार

हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ

हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ


  • 2.0K
    Shares

    • images
    • images
    हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ

    काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको एउटा स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताएका छन् । 

    निर्वाचनको नतिजा सार्वजनिक भएपछि आफ्नो धारणा राख्दै उनले यस प्रक्रियालाई नकारात्मक ढंगले नहेर्न आग्रह गरेका हुन् । सांसद नेम्वाङले संसदभित्र सत्तापक्ष वा प्रतिपक्षको साँघुरो घेराभन्दा माथि उठेर जनता र देशको हितमा काम गर्नुपर्नेमा जोड दिएका छन् । 

    उनले सरकारका राम्रा कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक आलोचना र सुझावका साथ खबरदारी गर्ने आफ्नो नीति रहने स्पष्ट पारेका छन् । उनले युवा पुस्ता र पार्टीका शुभचिन्तकहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै यो आफ्नो पहिलो पाइला मात्र भएको र देश तथा जनताको हितमा निरन्तर काम गरिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    एमालेले देशलाई समृद्धितर्फ लैजाने र जनताका मुद्दाहरू सधैँ उठाइरहने कुरामा आफू पूर्ण विश्वस्त रहेको पनि उनले बताएका छन्। 

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १७:३८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij