Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु

सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु


  • 358
    Shares

    • images
    सैन्य विमान दुर्घटना हुँदा २९ जनाको मृत्यु

    रुसको रक्षा मन्त्रालयले क्रिमियामा रुसी सैन्य विमान दुर्घटनाग्रस्त भएको र त्यसमा सवार सबै २९ जनाको मृत्यु भएको बताएको छ। मन्त्रालयले रुसी समाचार एजेन्सीहरू तास र आरआईए-नोवोस्तीलाई लाई बताएअनुसार An-26 विमान प्राविधिक गडबडीका कारण पहाडमा ठोक्किएको थियो। विमानमा छ जना चालक दलका सदस्य र २३ जना यात्रु गरी २९ जनाको मृत्यु भएको छ।

    तासले मंगलबार स्थानीय समय अनुसार साँझ ६ बजे विमानसँग सम्पर्क टुटेको जनाएको छ। त्यसपछिको खोजी गर्दा भग्नावशेष फेला पारेको हो । विमान १९६० को दशकको अन्त्यदेखि प्रयोगमा छ र धेरै घातक दुर्घटनाहरूमा परेको छ।

    २०२० मा, युक्रेनको खार्किभमा एउटा An-२६ दुर्घटनाग्रस्त भएको थियो , जसमा २६ जनाको मृत्यु भयो। २०२१ मा, रूसी सुदूर पूर्वमा भएको दुर्घटनामा २८ जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १५:१२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij