२०८२ चैत्र १८ गते बुधवार
काठमाडौं । राष्ट्रियसभाले भोलिबाट सुरु हुने अधिवेशनमा सभाको उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ ।
अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले उपाध्यक्ष र सभा अन्तर्गतका समितिका सभापति चयन प्रक्रिया अगाडि बढाउने सहमति जुटाएको हो ।
अधिवेशनमा नयाँ निर्वाचित भएर आएका सदस्यहरूलाई समितिमा विभाजन लगायत विषयमा पनि बैठकमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij