Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

वीर अस्पतालमा नयाँ नियम: चाँडै घर फर्किने कर्मचारीको आधा दिन बिदा कट्ने

वीर अस्पतालमा नयाँ नियम: चाँडै घर फर्किने कर्मचारीको आधा दिन बिदा कट्ने


  • 274
    Shares

    • images
    वीर  अस्पतालमा नयाँ नियम: चाँडै घर फर्किने कर्मचारीको आधा दिन बिदा कट्ने

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले कार्यालय समयमा अन्यत्र काम नगर्न चिकित्सक र कर्मचारीलाई निर्देशन दिएको छ। 

    अस्पतालले बिहान ९ देखि बेलुका ५ बजेसम्म अस्पतालमै बस्न भनेको छ। अस्पतालको सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे निर्देशन जारी गर्दै कार्यालय समयमा बाहिर नजान भनेको हो। 

    बिहान ९ देखि बेलुका ५ बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही हुने पनि चेतावनी दिएको छ। अस्पतालले बिहान ९ः३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई ‘गयल’ मानिने र आधा दिनको बिदा काटिने जनाएको छ। 

    अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार, चिकित्सक तथा कर्मचारीले तोकिएको समयमा अनिवार्य रुपमा अस्पतालमा उपस्थित हुनुपर्नेछ। 

    यस्तै अस्पतालले सेवाग्राहीसँगको व्यवहारमा पनि परिवर्तन ल्याउन ‘मुस्कानसहितको सेवा’ अनिवार्य गरेको छ। रुखो व्यवहार गर्ने र कार्यशैली नसुधार्ने कर्मचारीलाई कारबाहीको चेतावनी दिइएको छ। 

    चिकित्सकहरूले बिरामीको पुर्जा, डिस्चार्ज समरी र रिपोर्टहरूमा आफ्नो नाम, एनएमसी  नम्बर र हस्ताक्षर प्रष्ट बुझिने गरी लेख्नुपर्ने, चिकित्सकले अस्पतालभित्र एप्रोन र परिचयपत्र पनि अनिवार्य लगाउन निर्देशन दिएको छ। 

    अस्पतालका कर्मचारीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सतर्कता केन्द्रको समेत निरन्तर निगरानीमा रहने र कार्यक्षेत्रमा नभेटिएमा स्वयं जिम्मेवार हुनुपर्ने निर्णयमा उल्लेख छ।

     

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १३:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij