Logo

२०८२ चैत्र १८ गते बुधवार

२०८२ चैत्र १८ गते बुधवार

किसानलाई दूधको ११ करोड भुक्तानी गर्न बाँकी

किसानलाई दूधको ११ करोड भुक्तानी गर्न बाँकी


  • 617
    Shares

    • images
    किसानलाई दूधको ११ करोड भुक्तानी गर्न बाँकी

    काठमाडौं । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबरको दुध बक्यौता तिर्न बाँकी रहेको छ ।

    चालू आर्थिक वर्षको साउन मसान्तदेखि चैत्र मध्यसम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ । गत असोज मसान्तसम्मको बक्यौता रकम भने पूर्ण रूपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख नवीन किशोर शर्माले जानकारी दिए । 

    उनका अनुसार आयोजनामा करिब १२ करोड रुपैयाँ बराबरको ९४ मेट्रिक टन पाउडर दूध र ७० मेट्रिक टन मक्खन मौज्दात रहेकाले नगद प्रवाहमा समस्या देखिएको छ । उनले उत्पादित सामग्री बिक्री हुन नसक्दा किसानलाई समयमै भुक्तानी गर्न कठिनाइ भएको जनाए । 

    विराटनगरमा दुग्ध सङ्कलनमा समेत गिरावट आएको छ । पहिले दैनिक करिब १५ हजार लिटर दूध सङ्कलन हुने गरेकोमा हाल घटेर १० देखि ११ हजार लिटरमा सीमित भएको आयोजनाले जनाएको छ । सङ्कलित दुधमध्ये करिब ५ हजार लिटर विभिन्न दुग्धजन्य सामग्री उत्पादनमा प्रयोग हुने र बाँकी दुधलाई पाउडर बनाएर भण्डारण गर्ने गरिएको छ ।

    दुध सङ्कलन घटेपछि हाल हप्तामा दुई दिन मात्र पाउडर दुध उत्पादन गरिँदै आएको आयोजनाले जनाएको छ । बजार व्यवस्थापन र बिक्री वृद्धि हुन नसक्दा मौज्दात बढ्दै गएको र त्यसले किसानको भुक्तानीमा प्रत्यक्ष असर परेको देखिन्छ ।

     

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १२:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij