Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का

व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का


  • 1.2K
    Shares

    व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का
    images

    काठमाडौं । सरकारले व्यापारी दीपक भट्टको पासपोर्ट रोक्का गरेको छ। स्रोतका अनुसार भट्टको पासपोर्ट आइतबार नै रोक्का गरिएको हो।

    उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको भन्दै अध्यागमन विभागलाई कालो सूचीमा राख्न पत्राचार भएको थियो। 

    नयाँ सरकार बनेसँगै पूर्वप्रधानमन्त्रीहरूसहित विभिन्न व्यक्तिहरूमाथिको अनुसन्धानलाई सरकारले तीब्रता दिएको छ। पूर्वमन्त्री दीपक खड्कासमेत हिजो सोमबार सम्पत्ति शुद्धीकरणकै कसुरमा पक्राउ परेका छन्।

    पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवामाथि पनि सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - १८:२८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij