२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । बैठक काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको हो ।
पार्टीको विशेष महाधिवेशनबाट असन्तुष्ट रहेका नेताहरू भेलामा सहभागी छन् । भेलामा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । भेलामा पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका नेताहरू उपस्थित भेलाले चुनावी समीक्षा गर्ने, १५औं महाधिवेशनको मितिबारे छलफल गर्ने लगायत एजेन्डा तय गरिएको छ ।
बैठक नेता पूर्णबहादुर खड्काले सञ्चालन गरेका छन् । बैठकमा १४ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र केन्द्रीय सदस्य गरी ६४ र दुई प्रदेश सभापति सहभागी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij