२०८२ चैत्र १७ गते मंगलवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहबीच भेटवार्ता भएको छ ।
लामिछानेको निवास बुढानीलकण्ठमा मंगलबार भएको भेटवार्तामा समसामियक राजनीतिक अवस्था, देशको विकास निर्माणका प्राथमिकता तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल भएको जनाइएको हो ।
साथै पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा समेत दुवै नेताबीच छलफल बताइएको छ । आजै राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरले पनि लामिछानेसँग भेटवार्ता गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij