Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कम्बोडियाका 'स्क्यामिङ सेन्टर'बाट १२ नेपालीको उद्धार

कम्बोडियाका 'स्क्यामिङ सेन्टर'बाट १२ नेपालीको उद्धार


  • 1.2K
    Shares

    कम्बोडियाका 'स्क्यामिङ सेन्टर'बाट १२ नेपालीको उद्धार
    images

    काठमाडौं । विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अनलाइन ठगी केन्द्र र क्यासिनोमा फसेका १२ जना नेपालीको उद्धार गरिएको छ।

    बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार गरी स्वदेश फर्काइएको हो।

    दूतावासले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी काममा लगाइएको थियो।

    बिना भिसा बसिरहेका ती नेपालीहरू चैत १६ गते कम्बोडियाबाट उडेर सोमबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। दूतावासले अलपत्र परेका अन्य नेपालीहरूको समेत उद्धारको पहल भइरहेको जनाएको छ।

    दूतावासका अनुसार कम्बोडियामा अझै पनि थुप्रै नेपालीहरू गैरकानुनी काममा लगाइएको र भिसा अवधि सकिएर अलपत्र परेको जानकारी प्राप्त भएको छ। 

    स्वदेश फर्किन चाहने नेपालीलाई दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने व्यवस्था मिलाएको छ। 

    छिटो र धेरै पैसा कमाउने लोभमा परेर कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड लगायतका मुलुकमा भ्रमण भिसामा रोजगारीका लागि नजान दूतावासले आग्रह गरेको छ।

     

    प्रकाशित मिति :चैत्र १७ २०८२ मंगलवार - ११:५३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij