२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न स्वास्थ्य बीमा बोर्डले निर्देशन दिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रवाहमा भेदभावपूर्ण व्यवहार गरिएको गुनासो आएपछि बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो।
निर्देशनमा भनिएको छ, ‘उक्त कार्यहरू स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुन विपरीत रहेका छन्। यस प्रकारका गतिविधिहरू नगर्नरनगराउन तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण रूपमा पालना गर्नरगराउनु हुन निर्देशन गरिन्छ।’
अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाबाट नियम विपरीत कार्य भएको प्रमाणित भएमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (१२) को उपदफा (१) खण्ड (ख) बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij