Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’

सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’


  • 1.5K
    Shares

    सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
    images

    काठमाडौं । नेपाली काँग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्युन भएपनि प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई आग्रह गरे । 

    सोमवार नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसदमा आफ्नो भुमिका निर्वाह गर्न आग्रह गरे । उनले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताए। 

    पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न आग्रह गरे। संविधान संशोधनको विषय आफूहरुले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उनको भनाई छ । उनले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिए।

    उनले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको काँग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पारे। संख्या कम भएपनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी काँग्रेसको ठूलो रहेको उनको भनाई छ । 

    उनले सांसदहरुलाई जनताको पक्षमा दरिलोसाथ संसदमा प्रश्तुत हुन पनि निर्देशन दिए। संसदमा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरु तयार रहेको पनि उनको भनाई छ ।न

    प्रकाशित मिति :चैत्र १६ २०८२ सोमवार - १८:४२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij