२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । नबिल बैंकको अग्राधिकार शेयर भोलि सोमबारबाट दोस्रो बजारमा कारोबार आउने भएको छ।
गत मंसिर ५ गते नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ५ अर्ब रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउन अनुमति दिएको थियो। नबिल बैंकले ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ पुस २ गते संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको थियो।
नबिल बैंकको यो अग्राधिकार शेयर आज नेप्सेमा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।
अब नबिल बैंकको अग्राधिकार शेयर पनि भोलि सोमबारबाट कारोबारमा आउने छ। यो शेयर संस्थागत लगानीकर्ताबीच मात्र किनबेच हुनेछ। नबिल बैंकको यो अग्राधिकार शेयरमा संस्थागत लगानीकर्ताले नाफा भएको वर्ष मात्र ८ प्रतिशत लाभांश पाउनेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij