२०८२ चैत्र १६ गते सोमवार
काठमाडौं । देश नयाँ वर्ष २०८३ मनाउने तयारीमा जुटिरहेको समयमा, नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ ।
७५% सम्मको आकर्षक मेगा छुट, निःशुल्क होम डेलिभरी तथा रु. ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल अप्रिल ३ (चैत २०, २०८२) बेलुका ८ बजेदेखि सुरु भई अप्रिल १० (चैत २७, २०८२) सम्म सञ्चालन हुनेछ । यसले नेपाली ग्राहकहरूका लागि एक सातासम्म चल्ने किनमेल महोत्सवको अनुभव प्रदान गर्ने कम्पनीको दृढ विश्वास छ ।
नयाँ सुरुवातको भावनालाई उत्सवमय बनाउँदै, दराजले २०८३ मा प्रवेशलाई अझ विशेष बनाउन अद्वितीय बचत तथा उत्साहपूर्ण अफरहरू ल्याएको हो । यस अभियान अवधिभर, ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेलमार्फत विशेष अफरहरू प्राप्त गर्न सक्नु हुनेछन् ।
नयाँ बर्षको उत्साहलाई अझ बढाउँदै, प्लाटिनम पार्टनर्सः चर्च एण्ड ड्वाइट, एंकर, होनसा, ब्राण्डहाउस, युनिलिवर र मिनिमलिस्टका तर्फ बाट ६०% सम्म छुट उपलब्ध हुनेछ । त्यसैगरी, गोल्ड पार्टनर्सः फोरया र एक्सएजका तर्फ बाट ६०% सम्म छुट । साथै, सिल्भर पार्टनर्स नाइक, फ्यानटेक र पीसेफका तर्फबाट ६५% सम्म नयाँ वर्ष छुट प्रदान गरिने जानकारी दिइएको छ ।
किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यका साथ दराजले चार प्रमुख बैंकहरूसँग सहकार्य पनि गरेको छ । ग्राहकहरूले नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी र्बंक तथा नेपाल बैंक मार्फत क्रेडिट कार्ड प्रयोग गर्दा १५% (अधिकतम रु. ७५०) र डेबिट कार्ड प्रयोग गर्दा १०% (अधिकतम रु. ५००) छुट प्राप्त गर्न सक्नु हुनेछन् । साथै, ईसेवा र खल्ती बाई आईएमई प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन् ।
यसका अतिरिक्त, ग्राहकहरूले दैनिक रु. ४४, रु. ४४४, रु. १,४४४, तथा रु. २,४४४ का आकर्षक डिलहरू पनि प्राप्त गर्न सक्नुहुनेछन् । साथै, नयाँ वर्षको थीमसँग मिल्ने गरी रु. २,०८३ का विशेष क्याटेगरी अफरहरू पनि अभियान अवधिभर उपलब्ध हुनेछन् ।
रोमाञ्चक उपहारहरूले ग्राहकहरूलाई थप खुशी !
उत्सवको माहोललाई अझ विशेष बनाउँदै, दराज नेपालले आकर्षक उपहारहरूको विशेष श्रृंखला ल्याएको छ । जस अन्तर्गत मुख्य आकर्षणका रुपमा फिलिप्सको सहयोगमा उपलब्ध भव्य ग्रान्ड पुरस्कार हो । एक भाग्यशाली विजेताले करिब रु. १,८०,००० बराबरका १५ वटा साना होम अप्लायन्सहरू सहितको प्रिमियम बन्डल जित्न सक्नु हुनेछन् ।
यसका अतिरिक्त, ग्राहकहरूले निम्न आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नु हुनेछ:
सेल अवधि भर किनमेल गर्नहुने ग्राहकहरूले न्यूनतम रु. ५,००० को खरिद पूरा गरी प्लेटफर्ममा उपलब्ध कुनै पनि भुक्तानी माध्यम प्रयोग गरेपछि स्वतः लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गर्नुहुनेछन् । तत्पश्चात, योग्य ग्राहकहरूबाट भाग्यशाली विजेताहरू छनोट गरिने कम्पनीले जानकारी दिएको छ ।
“४.४ सेलले नेपालको डिजिटल व्यापार प्रणालीलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।” ४.४ नव वर्ष उत्सवबारे बोल्दै दराज नेपालका प्रबन्ध निर्देशक, आँचल कुँवरले भन्नु भयो, “सशक्त ब्रान्ड साझेदारी, आकर्षक भुक्तानी अफरहरू र रोमाञ्चक पुरस्कारहरूको संयोजन गर्दै, हामीले ग्राहकहरूलाई नयाँ वर्ष २०८३ स्वागत गर्ने तयारीमा एक समग्र र उत्कृष्ट किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेका छौं ।”
दाराज नेपालको ४.४ सेल सम्बन्धी थप जानकारीका लागि धधध।मबचबश।अयm।लउ
मा भ्रमण गर्न, दाराज नेपालको फेसबुक पेज हेर्न वा दाराज एप प्रयोग गर्नुहुन दराज नेपालले विशेष अनुरोध गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij