Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

आज चन्द्रपुर नगरपालिकामा शोक बिदा

आज चन्द्रपुर नगरपालिकामा शोक बिदा


  • 575
    Shares

    • images
    आज चन्द्रपुर नगरपालिकामा शोक बिदा

    रौतहट । रौतहटको चन्द्रपुर  नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । वडा नं. ७  का वडा सदस्य ईद महम्मदको  निधनमा आइतबार  मातहतका वडा कार्यालयहरु र स्वास्थ्य संस्थामा  शोक बिदा दिइएको हो । वडा सदस्य महम्मदको गएको बिहीबार निधन भएको चन्द्रपुर नगरपालिकाले  जनाएको छ ।

    चन्द्रपुर  नगरपालिकाका नगर प्रमुख संजयकुमार काफ्लेले सूचना जारी गर्दै वडा सदस्य महम्मदको निधनमा आज एक दिनका लागि मातहतका वडा कार्यालय तथा  स्वास्थ्य संस्था बन्द रहने जानकारी गराएको छ । स्वास्थ्य संस्थामा अत्यावश्यक सेवा बन्द नरहने सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले वडा सदस्य महम्मदको निधनप्रति दुःख समेत व्यक्त गरेको छ । साथै बिदाका कारण पर्न जाने असुविधा प्रति नगरपालिका क्षमाप्रार्थी रहेको जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - ०८:१९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij