Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

देशका यी भूभागमा छ आज वर्षा र हिमपातको सम्भावना

देशका यी भूभागमा छ आज वर्षा र हिमपातको सम्भावना


  • 568
    Shares

    • images
    देशका यी भूभागमा छ आज वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    विभागका अनुसार, आज (चैत १५) देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

    राति, कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू–भाग तथा वाग्मती प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

    प्रकाशित मिति :चैत्र १५ २०८२ आइतवार - ०७:०७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij