Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

श्रीनगर–लेह राजमार्गको जोजिला पासमा हिमपहिरो : ७ जनाको मृत्यु, ५ घाइते

श्रीनगर–लेह राजमार्गको जोजिला पासमा हिमपहिरो : ७ जनाको मृत्यु, ५ घाइते


  • 820
    Shares

    श्रीनगर–लेह राजमार्गको जोजिला पासमा हिमपहिरो : ७ जनाको मृत्यु, ५ घाइते
    images

    जम्मु–काश्मिर र लद्दाखलाई जोड्ने राष्ट्रिय राजमार्गको जोजिला पासमा हिमपहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् । शुक्रबार दिउँसो जोजिला पासको जिरो पोइन्ट र मिनीमार्गको बिचमा हिमपहिरो खसेको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

    उच्च हिमाली क्षेत्रमा सवारी साधनहरू गुडिरहेका बेला अचानक ठूलो मात्रामा हिउँको थुप्रो खसेपछि कयौँ गाडीहरू पुरिएका थिए। सडकमा गुडिरहेका गाडीहरूलाई हिउँले आफ्नो चपेटामा लिँदा ठूलो मानवीय क्षति भएको हो। घटना लगत्तै उद्धार टोलीले हिउँमा फसेकाहरूको खोजी कार्य सुरु गरेको थियो।

    मुख्यमन्त्री उमर अब्दुल्लाहले यस घटनालाई अत्यन्तै दुखद भन्दै शोक व्यक्त गरेका छन्। उनले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। 

    यस्तै केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरूलाई आवश्यक सहयोग र उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

    पछिल्लो समय उच्च हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तन र भारी हिमपातका कारण यस्ता जोखिमहरू बढ्दै गएका छन्। अहिले राजमार्गमा थुप्रिएको हिउँ हटाउने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १८:२६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij