Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

गोरखाको रामशाहघाट-मनकामना सडकखण्डमा ईभी गाडी सञ्चालनमा रोक

गोरखाको रामशाहघाट-मनकामना सडकखण्डमा ईभी गाडी सञ्चालनमा रोक


  • 855
    Shares

    • images
    गोरखाको रामशाहघाट-मनकामना सडकखण्डमा ईभी गाडी सञ्चालनमा रोक

    गोरखा । गोरखाको मझुवास्थित रामशाहघाट हुँदै मनकामना जाने सडकखण्डमा इभी गाडी सञ्चालनमा रोक लगाइएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ‘त्यो खडकखण्डमा ईभी गाडी बढी दुर्घटना हुन थाल्यो,’ जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरज अर्यालले भने, ‘त्यसैले केही समयका लागि ईभीका निजी तथा भाडाका सबै गाडी चल्न नदिने निर्णय गरेका हौं ।’

    केही दिनअघि मात्र सो सडकखण्डमा यात्रुवाहक ईभी माइक्रो दुर्घटना हुदाँ सात जनाको ज्यान गएको थियो भने केही घाइते भएका थिए । उक्त घटना छानविनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशबाट एसपी दानबहादुर थापाको संयोजकत्वमा समिति गठन भएर छानबिन प्रक्रिया अघि बढेको छ ।

    त्यस्तै २०८१ साल फागुन २९ गते चितवनबाट यात्रु लिएर आएको ईभी माइक्रो मनकामना मन्दिर दर्शन गरेर फर्कने क्रममा सोही सडकखण्डमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य यात्रु घाइते भएका थिए ।

    इभी सवारी दुर्घटना दर बढेकाले तत्कालका लागि उक्त निर्णय गरिएको बताइएको छ । अर्काे सूचना जारी नभएसम्मका लागि सो रुटमा ईभी गाडी नचलाउन ट्राफिक प्रहरी कार्यालयले अनुरोध समेत गरेको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १७:३६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij