Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

ओली र लेखक पक्राउ पर्दा चन्द्रकुबेर खापुङ किन समातिएनन् ?

ओली र लेखक पक्राउ पर्दा चन्द्रकुबेर खापुङ किन समातिएनन् ?


  • 442
    Shares

    • images
    ओली र लेखक पक्राउ पर्दा चन्द्रकुबेर खापुङ किन समातिएनन् ?

    काठमाडौं । पूर्वप्रधामन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङलाई के होला ? भन्ने चासो बढेको छ । २३ र २४ भदौको घटनामा ओली र लेखकसँगै खापुङलाई एकसाथ दोषी किटान गरिएको थियो ।

    उक्त घटनाको अनुसन्धान गर्न गठन भएको कार्की आयोगले तीनै जनालाई दोषी किटान गरेको छ । साथै, आयोगले उनीहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही सिफारिसका कारण गृहमन्त्री सुधन गुरुङले ओली र लेखकलाई शुक्रबारै पक्राउ गर्न निर्देशन दिएका थिए । प्रहरीले आज बिहानै पक्राउ गरेपछि खापुङको विषयमा चासो बढेको हो ।

    प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयमा कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । उक्त प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेपछि ओली र लेखक पक्राउ परेका हुन् ।

    मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राजनीतिक व्यक्तिको सन्दर्भमा प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निणर्य गरेको थियो । साथै, सुरक्षाकर्मीको सन्दर्भमा भने अर्को अध्ययन कार्यदल बनाउने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद्ले हिजो गरेका चारवटा निर्णयमा जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने, गौरीबहादुर कार्की आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेस गरेको सिफारिसबमोजिम गर्ने निर्णय भनिएको थियो ।

    सोहीकारण खापुङको सन्दर्भमा तत्काल पक्राउ सम्भावना नभएको विश्लेषण भइरहेको छ ।

    प्रकाशित मिति :चैत्र १४ २०८२ शनिवार - १२:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij