२०८२ चैत्र १४ गते शनिवार
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकार बनेलगत्तै पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखक पक्राउ परेका छन् ।
पक्राउ परेपछि उनले मन्त्रिपरिषद्को निर्णयपछि यस्तो गरिएको भन्दै प्रतिवाद गर्ने जनाएका छन् । कानुनको मजाक उडाइएको भन्दै उनले राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका छन् ।
‘मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर पक्राउ गरिएको छ । संसारमा कहीँ पनि यस्तो हुँदैन’, लेखकले भने, ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले गरिएको छ । राजनीतिक र कानुनी लडाइँ लड्छु ।’ भदौ २३ र २४ मा भएको जेन–जी विद्रोहका बेला लेखक गृहमन्त्री थिए ।
२३ गते नयाँ बानेश्वरमा १७ युवा मारिएपछि लेखकले पदबाट राजीनामा दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij