Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण


  • 309
    Shares

    • images
    कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

    काठमाडौं । नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकी छन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आज उनले पदबहाली गरेकी हुन् ।

    मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरेका छन् । उनीहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरेका छन् । 

    हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराएका छन्  । 

    मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताइन्  । 

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १५:४९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij