Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

महेश बस्नेतको बालेनलाई बधाई र सुझाव: ‘हरेक कदम समालिएर अघि बढ्नुहोला’

महेश बस्नेतको बालेनलाई बधाई र सुझाव: ‘हरेक कदम समालिएर अघि बढ्नुहोला’


  • 344
    Shares

    • images
    महेश बस्नेतको बालेनलाई बधाई र सुझाव: ‘हरेक कदम समालिएर अघि बढ्नुहोला’

    काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् । उनले नयाँपन, युवा नेतृत्व स्वागतयोग्य भन्दै आजको दिन आशा र परीक्षाको रुपमा औंल्याएका छन् ।

    उनले भने, ‘नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’  ‘नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईंहरुको काधमा छ ।’

    उनले अवसरसँगै चुनौतीहरू रहेको भन्दै अनुभवको कमीलाई सिकाइ र परिपक्क निर्णयबाट पूर्ति गर्दै सम्हालिएर अघि बढ्न सुझाव दिएका छन् ।

    उनले भनेका छन्, ‘अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला,’ स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पूरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।’

    उनले सत्ता अवसर नभई उत्तरदायित्व हो मन्ने मनन् गर्न पनि भनेका छन् । सकरात्मक निर्णय र पहलका लागि सहयोगी भूमिकामा रहने पनि बताएका छन् ।

    उनले भनेका छन् , ‘सकरात्मक निर्णय र पहलको निमित्त साबधानी सहित साथ र सहयोगी भुमिकामा हुनेछौं, हार्दिक शुभकामना।

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - १३:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij