Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

सिद्धार्थ बैंकले सार्वजनिक स्थानमा ९ वटा वाटर प्युरिफायर जडान गर्ने

सिद्धार्थ बैंकले सार्वजनिक स्थानमा ९ वटा वाटर प्युरिफायर जडान गर्ने


  • 582
    Shares

    • images
    सिद्धार्थ बैंकले सार्वजनिक स्थानमा ९ वटा वाटर प्युरिफायर जडान गर्ने

    काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले जनचेतना जगाउने उद्देश्यका साथ ५ किलोमिटर लामो प्रभातफेरी ९वाकाथन० सम्पन्न गरेको छ।

    सन् २०२६ को विश्व पानी दिवसको नारा “Water and Gender” सँग ऐक्यबद्धता जनाउँदै सुरक्षित पानी, सरसफाइ र लैङ्गिक समानताको सन्देश प्रवाह गर्न बैंकले यो कार्यक्रम आयोजना गरेको हो। 

    पानीको सदुपयोग र सरसफाइको महत्त्व झल्काउने प्लेकार्डसहित नक्साल नारायणचौरबाट सुरु भएको वाकाथन हात्तीसार, पुतलीसडक, रत्नपार्क, दरबारमार्ग हुँदै पुनः नक्साल पुगेर टुंगिएको थियो। 

    सामाजिक सञ्जालमार्फत गरिएको आह्वानमा २६४ महिला र ४३३ पुरुष गरी ६९७ भन्दा बढी सर्वसाधारणले यसमा सहभागिता जनाएका थिए।

    यसै अवसरमा बैंकले चालू आर्थिक वर्षभित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण (वाटर प्युरिफायर) मेसिन जडान गर्ने र जलस्रोत वरपर सरसफाइ अभियान सञ्चालन गर्ने योजनासमेत सार्वजनिक गरेको छ। 

    यस पहलले सर्वसाधारणलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराई जनस्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याउने बैंकले विश्वास लिएको छ।  

    प्रकाशित मिति :चैत्र १३ २०८२ शुक्रवार - ११:२९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij