२०८२ चैत्र १३ गते शुक्रवार
काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न एक बंगलादेशी नागरिकलाई प्रहरीले ठूलो परिमाणको दसीका सामानसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार राति ठमेलस्थित छायाँ सेन्टर नजिकैबाट २९ वर्षीय बंगलादेशी नागरिक एमडी सिहाबुल इस्लामलाई नियन्त्रणमा लिएको हो।
बंगलादेशको पाब्ना घर भई हाल ठमेलमै बस्दै आएका इस्लामले मोबाइल एपमार्फत अवैध रूपमा डिजिटल मुद्राको कारोबार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
पक्राउ परेका इस्लामको मोबाइल फोनमा ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ९३ पैसा बराबरको ‘यूएसडीटी’ लगायतका अन्य क्रिप्टोकरेन्सीको कारोबार भएको भेटिएको छ। नेपालमा क्रिप्टोकरेन्सीको प्रयोग र कारोबार पूर्ण प्रहरीले इस्लामको साथबाट विभिन्न बैंकका ३३ थान चेकबुक, ७ थान एटीएम कार्ड र बैंक खाता खोल्न प्रयोग गरिने ७ थान केवाइसी फारम समेत बरामद गरेको छ।
साथै उनको साथबाट ९ थान सिमकार्ड, २ थान मोबाइल फोन, ६० हजार नेपाली नगद र एमडी मोस्ताहिन फाहमिदको नाममा काटिएको २ लाख रुपैयाँको चेक समेत बरामद भएको छ। बरामद गरिएका कागजात र उपकरणहरूको सुक्ष्म अध्ययन भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij