Logo

२०८२ चैत्र १२ गते बिहिवार

२०८२ चैत्र १२ गते बिहिवार

आज कहाँ कहाँ पर्छ पानी ?

आज कहाँ कहाँ पर्छ पानी ?


  • 582
    Shares

    • images
    आज कहाँ कहाँ पर्छ पानी ?

    काठमाडौं ।  नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ । बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

    आज दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।  

    कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। 

    आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । पहाडी तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    प्रकाशित मिति :चैत्र १२ २०८२ बिहिवार - ०६:३९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij