Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक २०२६’ का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक २०२६’ का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न


  • 2.2K
    Shares

    सिद्धार्थ बैंकद्वारा ‘ग्लोबल मनी विक २०२६’ का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न
    images

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले सन् २०२६ मार्च १६ देखि २२ सम्म मनाइएको “ग्लोबल मनी विक २०२६” को अवसरमा सप्ताहभर विविध कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ ।

    यस वर्षको नारा 'Smart Money Talks' लाई सार्थक बनाउने प्रयास स्वरूप बैंकले देशका सातै प्रदेशका विद्यालय एवं क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको थियो । 

    बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीहरूको वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा २,१७१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    यसैगरी, विद्यार्थीहरूलाई बैंकको आधारभूत बैंकिङ्ग सञ्चालन र विभिन्न बैंकिङ्ग माध्यमहरूबारे व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ४७८ जना विद्यार्थीहरूलाई बैंकका विभिन्न शाखाहरूमा भ्रमण समेत गराइएको थियो । “ग्लोबल मनी विक २०२६” अन्तर्गत बैंकले कुल ५१ वटा कार्यक्रमहरू मार्फत २,६४९ विद्यार्थीहरूलाई वित्तीय शिक्षा प्रदान गरेको छ ।

    देशका सबै वर्ग, क्षेत्र र समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी सर्वसाधारणलाई वित्तीय रूपमा सक्षम बनाउने उद्देश्यले बैंकले उक्त कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ । 

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १६:२३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij