Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

सुन चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?


  • 722
    Shares

    • images
    सुन चाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य भारी वृद्धि भएको छ । पछिल्लो केहीदिन सुनको मूल्य निरन्तर घट्दै आएपनि बुधबार भने बढेर कारोबार भएको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्यमा एकैदिन १४ हजार ६०० रुपैयाँ वृद्धि भई तोलामा २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको हो । 

    मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबार प्रति १० ग्राम २ लाख ३४ हजार ८२५ रुपैयाँ रहेको सुनको मूल्य आज बढेर २ लाख ४७ हजार ३४० रुपैयाँ कायम भएको छ ।

    साथै, सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ । मंगलबार प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ पुगेको छ । 

    प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २१८ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०८२ बुधवार - १०:४४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij