Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

पर्सि सार्वजनिक बिदा

पर्सि सार्वजनिक बिदा


  • 3.7K
    Shares

    • images
    पर्सि सार्वजनिक बिदा

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पर्सि सार्वजनिक बिदा तोकेको छ । चैते दशैंको अवसरमा चैत १२ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । 

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै अघिल्लो वर्षको चैत २१ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम बिदा दिइएको जानकारी गराएको छ । 

    ‘मिति २०८२–१२–१२ गते बिहीबारका दिन चैते दशैं (शुक्ल अष्टमी) को अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको...’,सूचनामा उल्लेख छ । 

    चैत महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । सो पर्वमा दशैंमा जस्तै पूजापाठ, चण्डीपाठ गर्ने गरिन्छ । चैते दशैंमा पनि नवदूर्गाकै पूजाआजा गर्ने चलन छ ।

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १७:५१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij