Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि

नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि


  • 575
    Shares

    • images
    नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि

    काठमाडौं । नेपाल टेलिकमको मोबाइल प्रयोग गरी आज देखि डेनमार्क र दक्षिण कोरियामा समेत अन्तर्राष्ट्रिय भोल्टी रोमिङ (International VoLTE Roaming) सेवा प्रयोग गर्न सकिने भएको छ । यसका लागि नेपाल टेलिकम र डेनमार्कको टेलिनोर डेनमार्क तथा दक्षिण कोरियाको एसके टेलिकम बिच सम्झौता सम्पन्न भएको छ । 

    यो सेवा क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान–आरओसीमा पहिले देखि नै उपलब्ध छ । यस अनुसार अब ८ देशमा भोल्टी रोमिङ सेवा प्रयोग गर्न सकिने भएको छ । नेपाल टेलिकमले यसका लागि ती देशका ९ सेवा प्रदायकसँग सम्झौता गरेको छ । 
     
    विदेशमा समेत नेपाल टेलिकमको मोबाइल सेवा प्रयोग गरी नेपालकै जस्तो भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सकिने प्रविधिलाई रोमिङ सेवा भनिन्छ । अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवामा एचडी गुणस्तरको भ्वाइस कल गर्न सकिन्छ । 

    भोल्टी अर्थात भ्वाइस ओभर एलटीई (VoLTE - Voice Over LTE) नेपाल टेलिकमले राष्ट्रिय स्तरमा पहिले देखि नै उपलब्ध गराइरहेको सेवा हो । यसका लागि मोबाइलमा यो सेवा एक्टिभेट गरेको हुनुपर्छ भने मोबाइल सेट पनि यो सेवा चल्ने हुनुपर्छ । 

    आफ्नो मोबाइलको स्क्रिनको माथिल्लो भागमा HD वा VoLTE लेखेको छ भने सो मोबाइल सेटमा भोल्टी सेवा प्रयोग गर्न सकिन्छ भन्ने थाहा हुन्छ । यदि छैन भने VoLTE डायल गरी 'Activate VoLTE' विकल्प छान्नु पर्छ । त्यसपछि यो सेवा सुचारु हुन्छ । 

    यस सम्बन्धी थप जानकारी https://www.ntc.net.np/post/volte मार्फत लिन सकिन्छ ।  

     

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - १६:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij