Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

जलेश्वरको होटलबाट वेश्यावृतिमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

जलेश्वरको होटलबाट वेश्यावृतिमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ


  • 708
    Shares

    • images
    जलेश्वरको होटलबाट वेश्यावृतिमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ

    काठमाडौं । महोतरी सदरमुकाम जलेश्वरको एक होटलबाट अनैतिक क्रियाकलाप (वेश्यावृति) मा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा होटल सञ्चालकसमेत छन्। 

    जलेश्वर नगरपालिका–२ मटिहानी चोकनजिक सञ्चालनमा रहेका कोहिनुर  र लङ्गाम होटलमा प्रहरी टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। 

    त्यसक्रममा होटलका विभिन्न कोठाबाट दुई महिलासहित दुईजना भारतीय पुरुषलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    जिप्रका महोत्तरीका प्रवक्ता शैलेन्द्रकुमार भट्टले दिएको जानकारी अनुसार पहिलो तलाको गेष्ट रुमबाट एक महिलासहित भारत मधुवनी बस्ने २८ वर्षीय पुरुष र दोस्रो तलाको कोठाबाट अर्की महिलासहित भारत बस्ने ३६ वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको हो। 

    कोठाहरूको थप खानतलासी गर्दा प्रयोग भइसकेका तथा प्रयोग नभएका कन्डमसहितका सामग्रीसमेत बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले जलेश्वर नगरपालिका–२ बस्ने ६० वर्षीय पुरुष र सोही स्थानकी ४५ वर्षीया महिला होटल सञ्चालकलाई पनि पक्राउ गरेको छ। 

    पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता भट्टले जनाएको छ।

    घटनापछि स्थानीय क्षेत्रमा होटलमार्फत अनैतिक गतिविधि सञ्चालन भइरहेको विषय फेरि चर्चामा आएको छ भने प्रहरीले यस्ता गतिविधिविरुद्ध कडाइ गर्ने चेतावनी दिएको छ।

    प्रकाशित मिति :चैत्र १० २०८२ मंगलवार - ०८:४४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij