२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । सुनको मुल्य आज पनि बढेको छ । सोमबार सुन र चाँदीको मुल्य बढेको हो । सुन तोलामा सय रुपैयाँले बढेको छ भने चाँदी ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको भाउ ९३ हजार ७ सय कायम गरेको छ । आइतबार तोलाको ९३ हजार ६ सय रुपैयाँ थियो । यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार २ सय पुगेको महासंघले जनाएको छ ।
आइतबार तोलाको ५ सय रुपैयाँले घटेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले नै बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको १३ सय ५० कायम गरेको छ । आइतबार तोलाको १३ सय ४५ रुपैयाँ कायम गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij