Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

बीमा प्राधिकरणद्वारा ८ कम्पनीलाई कारबाही, ६ वटाले तिर्नुपर्ने भयो जरिवाना

बीमा प्राधिकरणद्वारा ८ कम्पनीलाई कारबाही, ६ वटाले तिर्नुपर्ने भयो जरिवाना


  • 554
    Shares

    • images
    बीमा प्राधिकरणद्वारा ८ कम्पनीलाई कारबाही, ६ वटाले तिर्नुपर्ने भयो जरिवाना

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ का प्रावधानहरू पालना नगर्ने आठ वटा बीमा कम्पनीहरूलाई कारबाही गरेको छ । बीमा ऐनले निर्दिष्ट गरेका कानुनी व्यवस्थाहरू बमोजिम काम नगर्ने ती कम्पनीलाई कारबाही गरिएको हो ।

    यसरी कारबाही पर्ने कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, हिमालयन लाइफ, ओरियन्टल इन्स्योरेन्स र एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी रहेको प्राधिकरणका प्रवक्ता पुजन ढुङ्गेलले जानकारी दिइन् । 

    नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापालाई संस्थागत सुधारका लागि सचेत गराउने वा निर्देशन दिने प्रकृतिको कारबाही गरिएको छ भने त्यसैगरी, एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई भने नियम विपरीत कार्य गरेको पाइएकाले तीन महिनाको अवधिका लागि निलम्बन गरिएको छ ।

    यी दुईबाहेक कारबाहीमा परेका अन्य बाँकी बीमा कम्पनीहरूलाई भने प्रचलित बीमा ऐनको व्यवस्थाअनुसार जनही २ लाख रुपैयाँका दरले जरिवाना गरिएको प्राधिकरणले जानकारी दिएको छ ।

    बीमा ऐनको दफा १३८ को उपदफा ४ मा प्राधिकरणले जारी गरेको निर्देशन विपरीत कुनै पनि कार्य गरेमा सम्बन्धित निकायलाई २ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । 

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १६:४४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij