Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु


  • 5.3K
    Shares

    बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँकेका अस्पतालमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    संक्रमित बिरामीहरुको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा तीन जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना गरी थप पाँचजनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

    मृत्यु हुनेहरूमा ठाकुरबाबा नगरपालिका–३ बर्दियाका ४१ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ७१ वर्षीय पुरुष, लमही नगरपालिका–४ दाङका ४३ वर्षीय पुरुष, बासगढी नगरपालिका–६ बर्दियाका ५५ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५५ वर्षीय पुरुष छन् ।

    योसँगै जिल्लामा उपचारका लागि अन्य जिल्लाबाट आएका २४५ जनाको मृत्यु भएको छ । संक्रमणकै कारण बाँकेका २७३ जनाको समेत हालसम्म मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

     

    प्रकाशित मिति :जेठ १० २०७८ सोमवार - ११:३५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij