Logo

२०८२ चैत्र ९ गते सोमवार

२०८२ चैत्र ९ गते सोमवार

अर्थविद् केशव आचार्यको निधन

अर्थविद् केशव आचार्यको निधन


  • 421
    Shares

    • images
    अर्थविद् केशव आचार्यको  निधन

    काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्ष उमेरमा निधन भएको छ ।

    अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आचार्यलाई मस्तिष्कघात भएसँगै न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । 

    उनको पार्थिव शरीरको भोलि मंगलबार मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।

    नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकका रुपमा समेत जिम्मेवारी सम्हालेका अर्थशास्त्री आचार्यले पछिल्लो समय मुलकको वित्तीय र समष्ट आर्थिक सुशासनका लागि बहस तथा पैरवी गर्दै आएका थिए ।

     

    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - १४:२७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij