२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् ।
अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिए । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ ।
शनिबार बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल समूहले आजसम्मको लागि जवाफ बुझाउने समय पाएपनि जवाफ बुझाएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij