२०८२ माघ १० गते शनिवार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेको छ ।
पार्टीका प्रवक्ता डा राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको जनाएका छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij